Rule 29
सम्झौता पत्रमा उल्लेख हुनु पर्ने कुराहरु

नियम २८ बमोजिम सम्झौता गर्दा त्यस्तो सम्झौतामा अन्य कुराका अतिरिक्त देहायका कुराहरु उल्लेख हुनुपर्नेछ ः–
(क) सम्झौताको उद्देश्य ।
(ख) खनिज कार्यको अवधि र अवधि थप सम्बन्धी ।
(ग) विभिन्न चरणमा क्षेत्र परित्याग गर्नसक्ने सम्भावना भए सो कुरा ।
(घ) क्षेत्र परित्याग गर्दाको दायित्व ।
(ङ) सम्झौताका पक्षहरुको कार्य र दायित्व ।
(च) कार्य सम्पादन प्रत्याभूति सम्बन्धी ।
(छ) विभिन्न चरणको खनिज कार्यको कार्यक्रम बजेट तथा सिमा संशोधन ।
(ज) खोज तलास कार्य र त्यसको नतिजा ।
(झ) खनिज उत्पादन अवधि र अवधि थप सम्बन्धी ।
(ञ) वातावरण संरक्षण, खनिज संरक्षण तथा जिउधनको सुरक्षा सम्बन्धी ।
(ट) उत्पादन गरेको खनिज पदार्थको नाप तौल सम्बन्धी ।
(ठ) खनिज कार्य सम्बन्धी प्रतिवेदन पेश गर्ने कुरा ।
(ड) खनिज कार्य सञ्चालन गर्ने र चालु राख्ने सम्बन्धी ।
(ढ) कामदारहरुको सुरक्षा सम्बन्धी ।
(ण) खनिज पदार्थको विक्री तथा आन्तरिक मागको आपूर्ति ।
(त) कर्मचारी तथा तालिम सम्बन्धी ।
(थ) मालसामान खरिद सम्बन्धी ।
(द) जग्गाको उपयोग र सरकारी सहयोग सम्बन्धी ।
(ध) संयुक्त लगानीमा खनिज कार्य सञ्चालन गर्ने भए सो सम्बन्धी ।
(न) सम्झौता बमोजिमको कार्यको संयुक्त पुनरावलोकन सम्बन्धी ।
(प) हिस्सेदारी र हस्तान्तरण सम्बन्धी ।
(फ) खनिज कार्य स्थगित वा रद्द सम्बन्धी ।
(ब) विवाद समाधान सम्बन्धी ।
(भ) खनिज कार्य गर्दा लागू हुने कानून ।
(म) काबू बाहिरको परिस्थितिमा गर्ने कुरा ।
(य) विभागले आवश्यक ठानेका अन्य कुरा ।